अमेरिकामा नेपाली व्यवसायीको गोली हानी हत्या

काठमाडौं,कार्तिक,३-अमेरिकाको बोस्टन शहरमा एक नेपाली व्यवसायीको गोली हानी हत्या गरिएको छ । बोस्टन शहर नजिक आफ्नै व्यवसाय गरेर बसेका नेपाली लालकिशोर महासेठको गोली हानी हत्या गरिएको हो ।

बोस्टन शहरबाट केही किलोमिटर टाढा फल रिभर सिटी, रक स्ट्रीटमा ‘स्टप एन्ड सेभ’ नामकोे खुद्रा पसल सञ्चालन गर्दै आएका उनको पसलमै गोली हानी हत्या गरिएको बताइएको छ ।

गोली हान्ने व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको छ । ५४ वर्षिय महासेठको घर जनकपुर रहेको उनी मधेसी एसोसिएसन इन अमेरिका (न्यू इङ्लेन्ड च्याप्टर) का पूर्वअध्यक्ष समेत रहेको बताइएको छ ।