म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

 

काठमाडौं, माघ,२४-
म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।गएराति भएको खेलमा एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो । डिसेम्बर १६ पछि सिटी पहिलो पटक शीर्ष स्थानमा उभिन सफल भएको हो ।

लामो समय शीर्ष स्थान कब्जा गरेको लिभरपुलले लगातार बराबरी खेलपछि सिटीले शीर्ष स्थानमा आफुलाई राख्न सफल भयो । शीर्ष स्थानको सिटीको ६२ अंक छ । दोस्रो स्थानको लिभरपुलसंग समान अंक भएपनि गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

डेबिड सिल्भाको पासलाई सदुपयोग गर्दै डिफेन्डर आयमेरिक लापोर्टेले पहिलो हाफको अन्तिम समयमा सिटीलाई सुरुवाती अग्रता दिलाए । ग्याब्रियल जिससले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।