सुरक्षा समितिको व्यवस्थापन बजबुत बनाएको प्रमुख जिल्ला अधिकारी :लामिछानेको भनाई

रमित बि.क.,

बाजुरा,असार,१३-

असार १४ गते अर्थात भोली हुने स्थानिय तह दोस्रो चरणको स्थानिय चुनावमा जिल्ला सुरक्षा समिति बाजुराले सुरक्षालाई मजबुत र प्रभावकारी बनाएको छ । प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले निर्वाचनको ९२ केन्द्रमा अति संबेदनसिल संबेदनसिल र सामान्य गरी ३ तहमा बाँडेर सुरक्षालाई मजबुत बनाएको बताउनुभएको छ ।

आफुले केन्द्रिय निति अनुसार नेपाली सेनाले बाहिर तेस्रो घेरामा,शसस्त्र प्रंहरीले दोस्रो तहमा छ भने सबैभन्दा मुल रुपमा तेस्रो तहमा नेपाल प्रहरीले काम गरिरहेको बताउनुभएको छ । उहाँले नेपाल प्रहरीको करिव ११ सय जना प्रहरी जवान जिल्लाभरी खटाएको त्यसैगरी शसस्त्र प्रहरीको ३ सय ४५ जना र नेपाली सेनाको ३ सय ६० जनाको जनशतिm जिल्लाभरी खटाएको बताउनुभएको छ ।

नेपाली सेनाले बिभिन्न ९ तहमा बिभाजन गरेर गस्ति गर्ने,लङ्क मार्च गर्ने काम गरिरहेका छ भने शसस्त्रले आफ्नो बेसहरुबाट यस्तै खालका कामहरु र निरन्तर गस्तिमा रहेर काम गरिहेको बताउनुभएको छ । प्रजिअ लामिछानेले बाजुराका मतदाताहरुले भयरहित वातावरणमा मतदान गर्ने पाउने भएकाले ढुक्क भएर मतदान गर्नुका साथै मतदानमा सहभागि भई मतदान गरिदिन सम्पूर्ण बाजुराली जनतालाई आग्रह गर्नुभएको छ ।

जिल्लाका केही ठाउँमा भुगोलले गर्दा सञ्चारमा केही समस्या हने देखिएकोले नेपाल प्रहरीको सेटले काम गर्ने र विकट गुम्बा र बौडी जस्तो ठाउँमा स्याटरलाईट टेलिफोनको प्रयोग गरिरहेको बताउँदै जिल्लामा ठुलो समस्या बेहोर्नु नपर्ने बताउनुभएको छ ।