बाँकेको सुर्योदय माविमा संचालित बालिका शिक्षा प्रभावकारी बन्दै

नेपालगन्ज,जेष्ठ ,२४-


बाँकेको बैजनाथ गाउँपालिका स्थित सुर्योदय माबि मा सञ्चालित वालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

यसअन्तर्गत कक्षा ८,९ र १० मा अध्ययनरत वालिका, वालिकाका अभिभावक र सम्बन्धित गाउँपालिकाका सरोकारवालाहरुसंग मंगलवार अन्तरक्रिया गरिएको छ ।

रुम टु रिड् र पढनको लागि कोठा नामक संस्थाले उक्त बिद्यालयमा अध्ययनरत वालिकाहरुलाई जीवन उपयोगी सीप शिक्षा तालिम मार्फत वालिकाहरुको नेतृत्व विकास, सम्बन्ध बिस्तार सिप, सञ्चार सिप र बचत गर्न सक्ने सिप तथा वालिकाहरुको जीवनमा आएको परिवर्तन र अभिभावक संगको भूमिकाको बारेमा अन्तरक्रिया तथा सयुक्त अनुगमन समेत गरेको छ ।

समस्या मा परेका वालिकाहरुलाई शैक्षिक सामाग्री, जीवन उपयोगी शिक्षा मार्फत बालिकाहरुलाई नियमित बिधालयमा उपस्थित गराउने उनिहरु लाई तालीम, सिविर तथा नियमित मेनटोरीङ समेत गर्ने गरेको छ ।
कार्यक्रममा १९० जना भन्दा बढी वालिका, वालिकाका अभिभावक, शिक्षक, गाउँपालिका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी वालीकाहरुले आफूमाथि आएको परिवर्तनको बिषयमा सबै सामु आफ्ना भनाईहरु राखेका थिए । उक्त संस्थाले सन् २०१५ बाट बाकेका ११ विद्यालयहरुमा वालिका शिक्षा कार्यक्रम संचालन गर्दै आइरहेको छ । कक्षा ६ मा लगातार तीन बर्ष कार्यक्रममा आवद्ध गरिएका वालिकाहरुलाई माध्यमिक शिक्षा सुरक्षित रुपमा उत्तिर्ण हुने वातावरणको श्रृजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले यस संस्थाले लागु गरेको कार्यक्रमले बिद्यालयमा अध्ययन गर्ने वालिकाहरुको शिक्षामा परिवर्तन ल्याउने बताए ।

बैजनाथ गाउँपालिका प्रमुख मान बहादुर रुचालले वालिकाहरुमा पढाईमा रुची बढ्नुका साथै बालिकाहरु आफुलाई हुने हरेक हिंसाबाट बचाउँदै र आफुले सिकेका कुराहरु आफ्नो जिबनमा लागु गरेर अगाडी बढ्न शुझाब दिनु भयो यो कार्यक्रम प्रभावकारी देखिएकोले गाउँपालिकाका अरु बिद्यालयमा पनि समन्वय गरेर अगाडी बढ्ने जनाए र यो कार्यक्रमको निरन्तरताको लागि गाउँपालिकाले ब्यबस्था गर्ने समेत बताए ।