
‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले भनेका छन्, ‘बुद्धको जन्मस्थल लुम्बिन युनेस्कोको विश्व सम्पदा सूचीमा पनि समावेश छ।’
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बुद्धको जन्मस्थान नेपाल भएको बताएको पनि परराष्ट्रले उल्लेख गरेको छ।
‘बुद्धिज्म नेपालबाट संसारका अन्य भूभागमा फैलिएको सत्य हो। यो विषय सन्देश र विवादभन्दा पर छ। त्यसैले यसमा बहस हुन सक्दैन। सारा अन्तर्राष्ट्रिय समुदाय यसप्रति सचेत छ,’ परराष्ट्रले भनेको छ।