आज पनि मान्यजनबाट दशैंको टीका र जमरा लगाइँदै

आज पनि मान्यजनबाट दशैंको टीका र जमरा लगाइँदै
फाईल तस्विर : सामाजीक संजाल गुगलबाट साभार

काठमाडौं,असोज,२७-नेपालीहरुको महान पर्व बडा दसैँको टीका तथा जमरा आज पनि लगाइँदै छ।हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ।

नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो। 

टाढाटाढा जानु पर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ।

दसैँ हिन्दू धर्मावलम्बीका अतिरिक्त बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने परम्परा छ।

कतिपय ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लगाएपछि दसैं सक्ने प्रचलन पनि रहेको छ।