आज पनि पहिरो जादाॅं नारायणगढ-मुग्लिन सडक अवरुद्ध

फाईल तस्विर !!

काठमाडौं,असोज,१-नारायणगढ-मुग्लिन सडक आज पुनः अवरुद्ध भएको छ।चितवनको इच्छाकामना गाउँपालिका ६ चार किलो भन्ने ठाउँमा आज बिहान ४:३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन। जसको कारण पहिरो पन्छाउन समस्या भइरहेको छ।

पहिरोका कारण आवागमन रोकिादा बिहानैदेखि सयौँ सवारी साधन दुबैतर्फ लाम लागेका छन्। मंगलबार र बुधबार बिहान पनि यो सडक खण्डमा पहिरो खसेको थियो। पहिरो पन्छाएपछि बुधबार बिहान ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो।

यस वर्ष वर्षात् सुरु भएसँगै यो सडक खण्ड दर्जनौँ पटक पहिरोको कारण अवरुद्ध भइसकेको छ।