कोरोनाबाट ४ जनाको मृत्यु, थप १२४६ जनामा कोरोना संक्रमण

काठमाडौं,असोज,१-पछिल्लो २४ घन्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो सहित कोरोना संक्रमितको जम्मा संख्या ५९ हजार ५७३ पुगेको छ ।२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२४३ रहेको छ ।

यो सहित हालसम्म कोरोना संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।त्यसैगरी २४ घण्टामा १० हजार ६४१ जनाको पीसीआर परीक्षण भएको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८८३ जना रहेका छन् भने सक्रिय संक्रमितको संख्या १६ हजार २४१ जना रहेको छन् ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६१८ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।

काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १ जना पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङमा ६४ वर्षीया महिला, चितवनमा ३६ वर्षीया महिला, कैलालीमा ५७ वर्षीया महिला र काठमाडौंमा ८३ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७३ पुगेको छ ।सोलुखुम्बु, मुस्ताङ, डोल्ला, मुगु र हुम्ला कोरोनामुक्त जिल्ला हुन् ।