अब उपप्रधानमन्त्री नरहने

काठमाडौं,फागुन,१५-

पहिलो कार्यकालमा ६ जनासम्म उपप्रधानमन्त्री राखेका प्रधानमन्त्री केपी ओलीले यस पटक सरकारमा उक्त पदै नराख्ने निर्णय लिँदै एमाले र माओवादी केन्द्रका चार मन्त्री सामेल गरी सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उपप्रधानमन्त्री नराख्ने भएपछि यसअघि उपप्रधानमन्त्री भइसकेका एमाले महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको वरीयताक्रममा रहने गरी रक्षामन्त्री बनेका छन् । अर्थविद्समेत रहेका पूर्वगभर्नर युवराज खतिवडालाई ओलीले अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । आजको कान्तिपुरमा खबर छ ।