राष्ट्रपति पौडल र पुर्वगृहमन्त्री रविको क्षेत्रमा वैशाख १० मै उपनिर्वाचन हुने

Image Not Foundकाठमाडौं,चैत्र,६-तनहुँ–१ र बारा–२ मा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ।निर्वाचन आयोगको सोमवारको बैठकले रिक्त रहेका यी दुवै क्षेत्रमा पनि वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो। 

तनहुँ–१ बाट सांसदमा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो।पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुँदा यादव गत शुक्रवार उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। 

नेपालको संविधानको धारा ६२ को उपधारा ६ र धारा ६७ को उपधारा ३ मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ। 

यसअघि आयोगले चितवन–२ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ।सर्वोच्च अदालतले  चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि आयोगले सो क्षेत्रमा उपनिर्वाचन गर्न लागेको हो । 

आयोगका अनुसार दुवै क्षेत्रमा चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम लागू गरिनेछ ।