नागोयामा मगर संघ जापानको माघे संक्रान्ती कार्यक्रम समपन्न

टोकियो,पुष,२८-नागोयामा माघे संक्रान्ती कार्यक्रम सम्पन्न भएको छ।नेपाल मगर संघ जापानको केन्द्रिय समिती र नागोया क्षेत्रीय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम आज आईतबार सम्पन्न भएको हो।

नागोयामा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको नेपाल मगर संघ क्षेत्रीय समिती नागोयाका अध्यक्ष याम पाईजा मगरले जानकारी दिनुभयो।

कार्यक्रममा चर्चीत राष्ट्रीय कलाकार संगिता थापा मगर, रितु थापा मगर र पवित्रा सरतुंगे मगर लगायत अन्य कलाकारहरुमा सौगात राई,निशान तामाङ्, सन्देश बमजन, सुविना मगर, प्रकृती क्षत्री, कोपिला मगर लगायतले प्रस्तुती दिएको केहरसिंह रानाले बिहानी अनलाईन लाई जानकारी दिनुभयो।

त्यसैगरी:अब नेपाल मगर संघ जापान केन्द्रिय समिती र क्षेत्रीय समितीको संयुक्त आयोजनामा यहि जनवरी १३ मा ओसाका,जनवरी १४ मा फुकुओका, जनवरी १८ मा गुन्मा र जनवरी १९ मा टोकियोमा हुनेछ।

कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेको मगर भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी र म्याग्दी जिल्ला रघु गाँउ पालीका ४ घर भई ईतावासी बस्दै आउनु भएका मृगौला पिडीत एलिना पुन मगरलाई सहयोगार्थ गर्नु पनि रहेको आयोजक समितीले जनाएको छ।