पुरुष फुटबलको स्वर्ण पदक त्रिभुवन आर्मी क्लबलाई

बाँके, बैशाख,११-

त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ ।

बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो ।

नेपालगञ्ज रंगशालामा आर्मीलाई जित दिलाउन विकास तामाङले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको ४५ औं मिनेटमा विकासले निर्णायक गोल गरे ।

 

फाइनलमा पराजित हुँदा पुलिसले रजत हात पार्यो । एपीएफ क्लबले कांस्य पदक जियो ।