युरोकपमा आजः इटालीलाई सहज, डेनमार्क र वेल्सको टक्कर

फाईल तस्विर !!

काठमाडौं,असार,१२-युरोकप २०२० का खेलहरु शनिबार रातिदेखि सुरु हुँदैछन्। क्वार्टरफाइनल प्रवेशका लागि वेल्सले डेनमार्क र इटालीले अष्ट्रियाको सामना गर्दैछन्।

एम्स्टर्डममा राति पौने ९ बजे वेल्स र डेनमार्क भिड्नेछन। युरोप भन्दा बाहिरी देशका खेलाडीको भूमिका यी दुई देशलाई बरदान सावित भएको छ। एम्स्टर्डममा उत्रिदा दुबै टोली अन्जान हुनेछैनन्।

पछिल्लोपटक यूरो २०१६ को अन्तिम १६ मा वेल्सले नर्थ आयरल्याण्डलाई १-० गोलअन्तरले पराजित गरेको थियो। त्यसपछिको क्वार्टरफाइनलमा भने उसले झनै सुधारिएको प्रदर्शन गर्दै बेल्जियममाथि ३–१ गोलअन्तरको जित निकाल्यो।

त्यसबेला ग्यारेथ बेल र आरोन राम्सेको जोडीले दमदार प्रदर्शन गर्दै बेल्सलाई सेमिफाइनलसम्म पुर्याएका थिए। जारी संस्करणको समूह चरणमा महत्वपूर्ण खेलमा टर्कीमाथि २-० को जित निकाल्दै क्रिस कोलम्यानको टोली वेल्सले फेरि उपाधिको यात्रा थालेको हो।

सन् १९९२ मा जर्मनीलाई हराउँदै डेनमार्कले उपाधि जितेको थियो। त्यसयता भने डेनमार्क फाइनलमा पुग्न सकेको छैन। यसपटक डेनमार्क त्यही आफ्नो पूरानो गौरवशाली इतिहास दोहोर्याउने पक्षमा छ।

वेल्सले पछिल्ला आठ खेलमा पाँच गोलमात्रै गर्न सकेको छ। यता १९९२ मा प्रतियोगिता जितेपछि डेनमार्कले युरोकपमा दुई खेलमात्रै जित्न सकेको छ।

मिडफिल्डर क्रिस्टिएन एरिक्सन मैदानमै ढलेपछि उनको सहानुभुतीमा धेरै तटस्थ समर्थकहरुले डेनमार्कलाई समर्थन गर्नेछन्। तर मुख्य प्रतियोगिताको तेस्रोपटक नकआउट चरणमा प्रवेश गरेको वेल्ससँग उसको टक्कर प्रतिस्पर्धात्मक हुनेछ।

पछिल्लोपटक २०१८ मा भएको नेशन्स लिगमा डेनिस टोलीले वेल्सलाई दुई पटक पराजित गरेको थियो। आरुसमा भएको खेलमा वेल्सविरुद्धका दुवै गोल एरिक्सनले गरेका थिए।

इटालीविरुद्ध अष्ट्रिया

Team news, updates, latest odds for Italy vs Austria duel as rivals battle  for spot in quarter-finals | thefastnewz
राति ११ बजे इटाली र अष्ट्रिया इंग्ल्याण्डमा आमने सामने हुनेछन्। बेम्वेली स्टेडियममा अष्ट्रियाविरुद्ध इटालीलाई दाबेदारका रुपमा हेरिएको छ। इटालीले समूह चरणमा सबै खेल जित्दै आफ्नो प्रभाव जमाइसकेको छ। अष्ट्रिया भने पहिलोपटक यूरोकपको नकआउट चरणमा प्रवेश गरेको हो।

इटालीले समूह चरणमा तीनवटै खेलमा जित र तीनवटै खेलमा क्लिनसिट राख्न सफल भएको थियो। यता यूक्रेन तीनै खेलमा पराजित भएपछि अष्ट्रियाले समूह उपविजेताका रुपमा अन्तिम १६ मा इटालीसँगको भेट पक्का गरेको हो।

यस खेलको विजेताले क्वार्टरफाइनलमा बेल्जियम वा पोर्चुगलमध्ये एकसँग खेल्नेछ। उक्त खेल जुलाई २ मा म्युनिखमा हुने तय छ।

इटाली र अष्ट्रियाबीच हालसम्म ३६ पटक भेट भएको छ। जसमा अष्ट्रियाले १२ खेलमात्रै जित्न सकेको छ। १९६० पछि अष्ट्रियाले इटालीलाई कहिलै हराउन सकेको छैन।

पछिल्लोपटक २००८ मा यी दुई टोलीबीच अन्तिमपटक मैत्रीपूर्ण खेलमा भेट भएको थियो। जुन खेल २-२ को बराबरीमा रोकिएको थियो। युरोकपमा भने यी दुई टोलीबीच तेस्रो पटक भेट हुँदैछ। यसअघि एक खेल इटालीले जित्दा एक खेल बराबरीमा टुंग्गिएको थियो।

इटाली यसपटक दशौंपटक युरोकप खेल्दैछ। १९९२ पछि उसले लगातार सात पटक युरोकप खेलेको छ। त्यसयता दुईपटकमात्रै इटालीले समूहचरण चरण पार गर्न सकेको छैन। २०१६ को युरोकपमा इटाली क्वार्टरफाइनलसम्म पुगेको थियो।

पछिल्लो १३ वर्षमा भने अष्ट्रिया यो लागेर तेस्रो पटकमात्रै युरोकपमा पुगेको छ। २००८ मा यूरोको सहआयोजक बनेपनि समूह चरणका तीन खेलमा अष्ट्रिया पराजित भएको थियो।