कांग्रेसले गाउँ केन्द्रित राष्ट्रिय अभियान ल्याउँछ : महामन्त्री शर्मा

ताप्लेजुङ,पुष,२४-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले देश र जनताको आवश्यकतालाई नजिकबाट नियालेर पार्टीले काम गर्ने बताउनु भएको छ । शर्माले हरेक क्षेत्रका नागरिकको मर्म, भावना र आवश्यकता अनुसार पार्टीले आफ्ना गतिविधि सञ्चालन गर्न आवश्यक देखिएकाले यसका लागि अभियान नै चलाउने बताउनुभयो ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको ईच्छा र आवश्यकतालाई पुरा गर्ने संकल्प सहित कांग्रेसले चाँडै गाउँ केन्द्रित हुने राष्ट्रिय अभियानको घोषणा गर्ने जानकारी गराउनु भयो ।

 

आफुले पाएको जिम्मेवारीलाई इमान्दारपूर्वक पूरा गर्दै पार्टीलाई बलियो बनाउने तर्फ आफु अग्रसर भएको उहाँको भनाई छ ।

पार्टीको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए संगै प्रदेश नम्बर १ का विभिन्न जिल्लाका नेता कार्यकर्ताबीच भेटघाट र पार्टीका कार्यक्रममा संलग्न हुँदै आउनु भएका शर्मा शनिबार पाँचथरमा आयोजना हुने कार्यक्रममा सहभागि हुने जनाईएको छ ।