चुनाव हुन्न कि भन्ने आशंका अवसरवादीहरुमा मात्र : प्रधानमन्त्री दाहाल

काठमााडौं, चैत ८ – प्रधानमन्त्री पुष्पकमल दाहालले अब चुनाव हुन्न कि भनेर कुनै पनि आशंका नपाल्न आग्रह गर्दै अवसरवादीहरुले मात्रै चुनाव हुन्न कि भनेर आशंका पाल्ने बताउनुभयो ।

मंगलबार सिंहदरवारमा माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘चुनाव घोषणा भइसकेको छ, सिंगो देश यसमा जुटिसकेको छ । चुनाव सफल पार्न सबैलाई आ–आफ्नो ठाउँवाट जुट्न आग्रह गर्दछु ।

प्रधानमन्त्री दाहालले मधेश र जनजातिका मुद्धा सम्बोधन गर्न सरकार गम्भीररुपमा लागिरहेको भन्दै सिमाकंनलाई केन्द्र र प्रदेशको चुनाव अघि टुंगो लगाउने गरी अहिले अन्य बिषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको बताउनुभयो ।

उनले आफ्नो आसन्न चीन भ्रमणले दुई देशबीचको सम्वन्धलाई अझै सुमधुर बनाउने बताउनुभयो । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा नयाँ समझदारी विकास गर्न उच्च स्तरमा महत्वपूर्ण छलफलहरु हुने जानकारी दिनुभयो ।साभार ईमेजखबरबाट