त्यागी नेतृ नाथले लिईन उपाध्यक्षको उम्मेदवारी फिर्ता

रमित बि.क.

बाजुरा जेष्ठ १०-

लगनशिल र योग्य कुनै पनि कार्यकर्तालाई सरकारी पदमा जान स्वभाविक ईच्छा हुन्छ । आफनो त्याग,तपस्या र योगदानको फल चाख्न कार्यकर्ता बीच तीब्र प्रतिष्पर्धा हुन्छ । बाजुरामा पनि नेपाली काँग्रेसका कार्यकर्ता बीच स्थानिय तहको उम्मेदवार बन्न तीब्र प्रतिष्पर्धा भएको थियो ।

यद्येबी साविकको आर्टीचौर गाविस वडा नं. ६ हालको छेडेदह गाउँपालिका वडा नं.६ निवासी काँग्रेस नेतृ पञ्चदेवी नाथले भने पाएको भनिएको छेडेदह गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारी स्वस्फुर्त रुपमा त्यागेकी छन् ।

पार्टीको हित,गाउँठाउँ परिवर्तन,भुगोल र युवालाई लक्षित गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने मैले महसुस गरे त्यसैले मलाई दिने भनिएको उपाध्यक्ष पद युवा नेतृलाई सहर्ष स्वीकारेकी छु नेतृ नाथले भन्नुभयो । त्यागी नेतृ नाथ हरेक कालखण्डमा नेपाली काँग्रेसको हरेक कार्यमा संलग्न रहनुभएको थियो ।

२०४६ सालदेखि हालसम्म उहाँले पार्टीमा सक्रीय रुपमा काम गरेको र गर्ने बचन समेत दिनुभएको छ । उहाँले उहाँका छोरा सुरेन्द्र नाथले कसै व्यतिmको लागी नभई समग्र नेपाली काँग्रेस बाजुरको जीतका लागी उम्मेदवारी परित्याग गरेको बताउनुभएको छ ।

नेतृ नाथले उम्मेदवारी त्यागेपछि साविकको जयवागेश्वरी हालको छेडेदह गाउँपालिका वडा नं.२ कुन्ती बुढालाई उपाध्यक्ष पदको उम्मेदवारमा काँग्रेसले अघि सारेको काँग्रेस जिल्ला कार्यसमिति सभापति कविराज पण्डितले बताउनुभएको छ ।

यसैबीच त्यागी नेतृ पञ्चदेवी नाथलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराले मानार्थ जिल्ला कार्यसमितिमा मनोनित गरिएको पार्टी सचिव तथा बुढीगंगा नगरपालिकाका मेयर पदका उम्मेदवार दिपक बिक्रम शाहले बताउनुभएको छ ।