प्रधानमन्त्रीको राजीनामा अझै अनिश्चित, सिंहदरबारबाटै दिन सक्ने

काठमाण्डाैं, जेठ,१०-

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए पछि आज विहान ११ बजेका लागि बोलाइएको संसद बैठक भोलि ४ बजेसम्मका लागि सूचना टाँसी सरेको छ ।

संसद सुचारु नभए पछि सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्री दाहालकोे तयारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले हिजो संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गर्नु भएको थियो । संसद सुचारु गर्ने प्रयासमा प्रधानमन्त्री दाहालले विहान ९ बजे बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बोलाए पनि एमाले अध्यक्ष ओली गएनन् ।

उपस्थित हुनु भएन । संसदलाई सम्बोधन गर्न नदिइए प्रधानमन्त्रीले सिंहदरबारबाटै देशबासीलाई सम्बोधन गर्दै दिउँसो ३ बजे पदबाट राजीनामा दिने सम्भावना रहेको प्रधाननमन्त्रीको सचिवालयले जनाएको छ । नेपलवाणीवाट