कुशल संचारकर्मी तथा सर्जक गजरकोटे बने गायक

सिर्जना बर्देवा,

ओखलढुंगा,जेठ, १०-

कुशल संचारकर्मी तथा सर्जक शिखर गजरकोटे गायक बनेका छन् । “डाडै फुल्यो पैँयु”बोलको दोहारी गित मार्फत गजरकोटे गायक बनेका हुन् ।

गजरकोटेले नयाँ दोहोरी गित “डाडै फुल्यो पैँयु” भर्खरै मात्र बजारमा लिएर आएका छन् । यो भन्दा अगाडी पुर्बेली तथा पश्चिमेली लोक दोहोरी गितहरुको शव्द सिर्जना तथा लय सिर्जना गरिसकेका गजरकोटेले यश गितमा पहिलो चोटी स्वर दिएका छन् ।

तनहुको गजरकोटमा जन्मीएका गजरकोटे सोलुखुम्बुको हिमाल एफ.एममा कार्यरत रहेका छन् भने लोक तथा दोहोरी गित प्रतिष्ठान सोलुखुम्बुका अध्यक्ष समेत रहेका छन् ।

“डाडै फुल्यो पैँयु” दोहारी गितको लय तथा शव्द सिर्जना स्वयम गजरकोटेले नै गरेका छन् । संगित संयोजनमा केशव बडुले साथ दिएका छन् ।

त्यसतै चर्चित गायीका जमुना सनम र स्वयम गजरकोटेको स्वर रहेको छ । मार्मिक डिजिटल रेकडिङ स्टुडियो बाट रेकर्ड सम्पन्न भएको यश गितलाई गजरकोटे क्रियशन प्रा लीले बजार व्यवस्थापन गरेको छ ।