“नलाउ झुटो पिरती भाग-२” ले मच्चायो तहल्का

सिर्जना बर्देवा,

ओखलढुंगा,जेठ, १३-

पछिल्लो समयमा धेरै दर्शक स्रोताले रुचाईएको लोकदोहोरी गित नलाउ झुटो पिरती भाग २ सार्बजनिक भएको छ । धन सगं जोडेको प्रेम भोली परिबर्तन हुन सक्छ, तर मन सगं जोडेको पे्रम जुनीजुनी टिक्छ, झुटो प्रेम गर्नु भन्दा नगरेकै ठिक छ यस्ता भावहरु समेटिएको लोक दोहोरी भाका नलाउ झुटो पिरती भाग १ रहेको थियो ।

त्यस्तै मायालु जोडीहरु सारा दुनिया भुलेर एक अर्कामा हराएका हुन्छन् जो आज नि तिम्रो छु भोली नी तिम्रै हुनेछु जस्ता शव्दहरु दर्शाउछन् । एक अर्काको विश्वासमा प्रेमलाई अगाडी बढाईरहेका हुन्छन तर त्यहि प्रेम जव दुनियाको नजरमा पर्छ तब एक अर्का बिच अनबिस्वासको हुरी चल्छ प्रेम दुष्मनमा परिणत भईदिन्छ ।

अनि सम्बन्धमा पहिरो चल्छ । यी यस्तै भाव बोकेको सुनिल केसीको लोकदोहोरी गीत नलाउ झुटो पिरती भाग २ निकै चर्चा रहेको रहेको छ । चर्चित लोकदोहोरी गायिका बिष्णु माझी र राजेश सेनको सुमधुर स्वर सुनिल केशीको उत्कृष्ट शब्द र गणेश अधिकारीको मन छुने लय सृजना रहेको गीतमा चर्चित मोडल आशा खड्का र बिपेश घिमिरेको उत्कृष्ट अभिनय रहेको छ ।

यो भिडियो ३ लाख भन्दा बढि लगानीमा निर्माण गरिएको छ । सबै भन्दा महँगो र उत्कृष्ट भिडियो रहेको छ । यस उत्कृष्ट म्यूजिक भिडियोलाई काठमाडौं,चितवन र नवलपरासीका बिभिन्न क्षेत्रमा छायांकन गरिएको छ भने बबिता श्रेष्ठले निर्देशन गरेकी छिन् ।

भिडियोको छायांकन राजेश घिमिरेको रहेको छन् भने अभिनास डि.सीले भिडियोको सम्पादन गरेका छन् । प्रियसी म्युजिक प्रा.लीले बजार व्यबस्थापन गरेको यस गितको भिडियोलाई म्युजिक नेपालको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।