जापानमा कोरोनाबाट ६२ जनाको मृत्यु, २२ सय २६ जना संक्रमित

जापान,चैत,१५-कोरोना भाइरस (कोभिड–१९) को कारण जापानमा एकै दिन ५ जनाको ज्यान गएको छ । यससंगै शनीबार सम्म ज्यान गुमाउनेको संख्या ६२ जना पुगेको हो ।

फाईल: तस्विर

जापानमा शुक्रबार देखि शनीबार संम्म एकै दिनमा नयाँ ११७ जनामा संक्रमित भेटिए संगै संक्रमितको संख्या २२ सय २६ जना पुगेको विभिन्न जापानीज समाचार माध्यमले जनाएका छन् । 

संक्रमितहरुको उपचार पछि निको पनि भएका छन् ।पछिल्लो तथ्यांक अनुसार जापानमा ९ सय ७५ जना उपचारपछि निको भएका छन् ।

अहिलेसम्म कोभिड–१९ बाट विश्वभर संक्रमित हुनेको संख्या पाँच लाख ९६ हजार नाघिसकेको छ । यो भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि २७ हजार नाघिसकेको छ ।चीनबाट सन् २०१९ को डिसेम्बरमा फैलिएको कोरोना भाइरसबाट विश्वका १९९ राष्ट्र प्रभावित भएका छन् ।विज्ञहरुले कोरोना संक्रमण नियन्त्रणमा कुनै पनि मुलुकले अझै पनि हेलचेक्र्याई गरे उनीहरुको अबस्था यो भन्दा भयावह हुने चेतावनी दिइरहेका छन् ।

जापानको ४७ (केन) मध्य ४२ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

तसर्थ जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: १६९,मृत्यु: ७ जना
२. आवमोरी केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: २ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: ३,जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: २ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १३ जना, मृत्यु: ०
७.तोचिगी केनमा संक्रमित: ११ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १४ जना, मृत्यु: १ जना
९.साइतामा केनमा संक्रमित: ७२ जना, मृत्यु: २ जना
१०.चिबा केनमा संक्रमित: ६४ जना, मृत्यु: ०
११.टोक्योमा संक्रमित: २९९ जना, मृत्यु: ६ जना
१२.खानागावा केनमा संक्रमित: १०४ जना, मृत्यु: ५ जना
१३.निईगाता केनमा संक्रमित: ३० जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: ८ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: ६ जना, मृत्यु: ०
१६. यामानासी केनमा संक्रमित: ४ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ५ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १५ जना, मृत्यु: ०
१८. सिजुओका केनमा संक्रमित: ३ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: १५७ जना, मृत्यु: १९ जना
२१.मिए केनमा संक्रमित: ८ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: ६ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: ३४ जना, मृत्यु: ०
२४.ओओसाका केनमा संक्रमित: १५६ जना, मृत्यु: २ जना
२५. हियोउगो केनमा संक्रमित:१२० जना, मृत्यु: ७ जना
२६.नारा केनमा संक्रमित: ९ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: १७ जना, मृत्यु: १ जना
२८.ओकायामा केनमा संक्रमित: २ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: ४ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४ जना, मृत्यु: ०
३४ कोउची केनमा संक्रमित: १३ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: १६ जना, मृत्यु: ०
३६.सागा केनमा संक्रमित: १ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: २ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: १० जना, मृत्यु: ०
३९. ओइता केनमा संक्रमित: २७ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: ३ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ६ जना, मृत्यु: ०

बाँकि ५ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं ।