ओखलढुंगामा छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु ,१० जना घाईते

सिर्जना बर्देवा/
ओखलढुंगा,भाद्र,१७-
ओखलढुंगामा गएराति मिनि ट्रक दुर्घटना हुदाँ एक ज्यान गएको छ । दुर्घटनामा अन्य ५ जना घाईते भएका छन् । ज्यान जानेमा काभ्रे बञ्सु स्थाई घर भएका अन्दाजी १९ बर्षिय नवराज भनिने सने दमाई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

घर निमार्णका लागी गिटी लिएर नवलपुर घाटबाट पलापु तर्फ आउदै गरेको ना ४ ख ८०९८ नम्बरको मिनि ट्रक चम्पादेबी गाउपालिका २ नवलपुरमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढु्गाका प्रमुख प्रहरी नायक उपरिक्षक अर्जुन प्रसाद तिमिल्सीनाले बताउनुभयो । ट्रक सडकबाट लगभग २ सय फिट तल खसेको छ ।

दुर्घटनाका घाईतेहरुको सिन्धुलीको खुर्काेट स्थित एक क्लिनिकमा उपचार भैरहको प्रहरीले जनाएको छ । उनिहरुको अवस्था सामान्य रहको छ । ट्रकका चालक भने प्रहरीको नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

यस्तै जिल्लाको खिजीदेम्बा गाउपालिका ३ मा शुक्रबार बेलुका टाटा सुमो दुर्घटना हुदाँ बिहेका लागि केटी माग्न हिडेको एक जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य पाँच जना घाईते भएका छन् ।

दुर्घटनामा सोलुखुम्बुको दुधकोशी गाउपालिका ७ याकुका ३६ बर्षीय लाक्पा देण्डी शेपाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका रामेछापको धोबीबाट ओखलढुंगाको खिजिचण्डेश्वरी आउदै गरेको ना १ ज ५६७८ नम्बरको टाटा सुमोे खिजीदेम्बा गाउपालिका ३ स्थित चण्डेश्वरी माबि छेउको उकालोमा ब्रेक फेल भई चिप्लीएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य पाँच जना घाईते भएका छन् । घाईते मध्ये सोलुखुम्बुको दुधकोशी गाउपालिका ७ वाकुकै ४६ बर्षीय आङदली शेर्पाको अवस्था गम्भिर रहको छ । उनिहरुको चण्डेश्वरी स्वास्थ्य चौकीमा उपचार भैरहको खिजिफलाटे प्रहरी पोष्टका सई पशुपतीनाथ झाले जानकारी दिनुभयो ।