गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,जेठ,२५-गण्डकी प्रदेशमा आईतबार बिहान थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् ।स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

नयाँ संक्रमितहरु स्याङजाको वालिङ नगरपालिकामा १३ जना र भिरकोट नगरपालिकामा एक जना छन् । यस्तै बाग्लुङको बडिगाड गाउँपालिकामा ९ जना र ढोरपाटन नगरपालिकामा १ जना छन् ।

गोरखाको गण्डकी नगरपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पूर्वी नवलपरासीका चार जना संक्रमित हुप्सेकोट गाउँपालिकाका हुन् ।