एकैदिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि, १७,५१८ जनाको उपचार हुॅंदै

एकैदिन १४ जनाको मृत्यु, निको हुनेको संख्या २०,८२२ जना पुग्यो

काठमाडौं,भदौ,१४-नेपालमा एकैदिन थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आाइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १२ सय २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

उहाॅंका अनुसार नेपालमा हाल संक्रिय संक्रमित १७ हजार ५१८ रहेको छ।प्रवक्ता गौतमका अनुसार २४ घन्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण गरिएको उहाॅंले बताउनुभयो ।

गौतमले विभिन्न जिल्लामा कोरोनाका कीरण १४ जनाको मृत्यु भएको बताउनुभयो।यस संगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२१ पुगेको छ।

मृत्युहुनेहरुमा चार जना महिला र १० जना पुरुष रहेका छन्।तीमध्ये महोत्तरीका तीन जना, सुनसरी र रूपन्देहीका दुई-दुई जना रहेका छन्।

उहाॅंले पछिल्लो २४ घण्टामा २६७ जना संक्रिमित निको भएको बताउनुभयो। योसँगै अब नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजा ८२२ पुगेका छन्।