युवाहरुका लागि ३ दिने ब्यवस्थापन तालिम आज देखी शुरु

मधु पौडेल
बाँके,माघ २६-बाँके र बर्दिया जिल्लाका युवाहरुका लागि तिन दिने संस्थागत ब्यवस्थापन तालिम नेपालगन्जमा आज देखि शुरु भएको छ । राष्ट्रिय युवा महासंघ नेपाल बाँके शाखाको आयोजना र यूरीटेराको सहयोगमा सो तालिम शुरु भएको हो । तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि तथा जिल्ला युवा समिति बाँकेका प्रमुख राम सुरेस यादबले बाँके जिल्लामा युवाहरुको मुख्य समस्या उचित मार्ग दर्शनको अभाव रहेको र जसका कारण युवाहरुमा बेरोजगारी रहेकाले महासंघ बाँके शाखाले त्यस्ता युवाहरुको पहिचान गरि उनीहरुलाई आवश्यक सहयोग गर्न सफल हुने बिश्वास ब्यक्त गनुर्भायो।

जिल्ला युवा समितिले युवाहरुको पहिचान गरि उनीहरुलाई आवश्यकता अनुसार सेवा सुविधा उपलब्ध गराउने भन्दै सो कार्यमा महासंघले सहयोग गर्न अनुरोध गरे । युवाहरुलाई सकारात्मक बनाउनका लागि उनीहरुलाई काउन्सीलिङ्गको आवश्यकता पर्ने भन्दै तालिम लिएर अन्य युवाहरुलाई जानकारी गराउने बिश्वास उनले ब्यक्त गरे ।

उनले युवाको सवालमा महासंघ बाँके शाखा सँग जिल्ला युवा समिति सहयोग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रमका अतिथि तथा नेपालगन्ज उपमहानगरपालीकाका सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशीले युवाहरुलाई नैतीकवान तथा चरीत्रबान बनाउन तालिम प्रभावकारी हुने विश्वास ब्यक्त गरे । उनले उपमहानगरपालीकाले लक्षीत बर्ग अन्तरगत युवाहरुलाई पनि प्राथमिकिकरणमा राखेको भन्दै सहकार्य समन्वयका लागि उपमहानगरपालीका तयार रहने प्रतिबद्धता ब्यक्त गरे ।

तालिमका अतिथि तथा राष्ट्रिय युवा महासंघ नेपालका केन्द्रिय सचिब नमस्कार शाहले राष्ट्रिय युवा महासंघको पृष्ठभुमि तथा कार्यक्रम बारेमा जानकारी गराए । उनले युवाहरुका लागि बनेका निति नियमहरुको कार्यान्वयनका लागि महासंघ सदैब क्रियाशिल रहने बताए । उनले निफनका शाखाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले आयोजना गरिएको भन्दै तालिमको सफलताको शुभकामना ब्यक्त गरे ।

राष्ट्रिय युवा महासंघ नेपाल बाँके शाखाका कोषाध्यक्ष छवीलाल सुनारले संचालन गरेको उद्घाटन कार्यक्रममा नेतृत्व, ब्यवस्थापन र सुचनाका बारेमा युरीटेराका स्वयम् सेवक सल्लाहकार कार्ल ब्रन र कुसुम थोकरले प्रशिक्षण गर्ने छन् । राष्ट्रिय युवा महासंघ बर्दिया शाखाका अध्यक्ष खुमेश सुबेदीले स्वागत गरेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित उद्घाटन कार्यक्रमको समापन महासंघ बाँकेका अध्यक्ष हेमराज भट्टले गरेका थिए । तालिममा बाँके र बर्दियाका महासंघ आबद्ध २५ जनाको सहभागीता रहेको छ ।