राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिला आन्दोलीत

जाजरकोट,माघ २६-जाजरकोटको भेरीमालिका –४ बोहराकी की २८ वर्षीय राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै त्याहाँका महिला आज आन्दोलनमा उत्रेका छन् । राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित भएका हुन् । उहाँको यही माघ २३ गते बिहान हत्या भएको थियो ।

हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ गरी सोधपुछ गरेको थियो। सोधपुछपश्चात् दलबहादुरलाई छोडिएको थियो । हत्या गरेको केही दिन बितिसक्दा पनि दोषीमाथि कारबाही हुन नसकेको भन्दै महिला आन्दोलित भएका छन् । दोषीलाई कारवाही नहुन्जेलसम्म आन्दोलन नरोकिने स्थानीय शान्ता विकले जानकारी दिनुभयो ।