माटोको ढिस्कोले पुरिएर एकै परिवारका तिन जनाको मृत्यु

नेपालगन्ज,असोज,१३-

दाङको राप्ती गाउँपालिका ४ दोलही खोलामा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको ज्यान गएको छ ।

दशैंका लागि घर पोत्ने माटो लिन गएका उनीहरुको ढिस्कोले पुरिएर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ३० वर्षीया स्यामा कुमारी चौधरी, ३५ वर्षीया मिना चौधरी र १२ वर्षीया रेजिना चौधरी रहेका छन।