सुर्खेतमा किशोरी आमा बढ्दै

सुर्खेत,पुस,१-

सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो ।

वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा देखिएको छ । वर्षेनी तीन हजारभन्दा बढी किशोरी आमा बनेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३-७४ मा नौ हजार ६७९ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएका थिए, जसमध्ये तीन हजार २९ किशोरी रहेका छन् । आजको हिमालय टाइम्समा खबर छ ।