भेरीगंगा उपत्यका महोत्सवको ९औँ दिन भोलि चर्चित र्‍यापर भिटेनले तहल्का पिट्ने

सुर्खेत,जेष्ठ ,२५-


सुर्खेतको भेरीगंगा उपत्यका महोत्सव २०७६ को ९ औँ दिन भोलि आइतबार चर्चित र्‍यापर(समीर घिसिङ ) भिटेन आउने भएका छन।

‘कला संस्कृति कृषि पर्यटन उधोग ब्यापार समृद्ध कर्णाली प्रदेश बनाउने मुल आधार’ भन्ने मुल नाराका साथ कला संस्कृती पर्यटन प्रबर्द्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणिज्य संघ भेरीको सहआयोजनामा सुर्खेतकाे भेरीगं‌गामा सन्चालन भइरहेको भेरीगङ्गा उपत्यका महोत्सव २०७६मा दर्शकहरुलाई थप मनोरञ्जन दिने उद्देश्यले र दर्शकको मागको कारण भोलि भिटेनलाई ल्याउन लागिएको आयोजकले जनाएको छ।

उनले भोलि महोत्सवमा हामी यस्तै त हो नि ब्रो, मान्छे खत्तम, ¥यापको राजा, माफ गरिदेउन आमा, सिमसिमे पानी, हालखबर, तिम्रो लाउरे यता, चुराेट जस्ता थुप्रै चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने छन।

भिटेन सङ्गै भोलि अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती पनि रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार महोत्सव जेष्ठ २७ गते सम्म सन्चालन हुनेछ।