वडा स्तरिय क्रिकेट प्रतियोगितामा वडा नं.३ र २३ विजयी

नेपालगन्ज,जेष्ठ ,२७-



नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २३ र ३ विजयी भएका छन् ।

नेपालगन्जको मंगलप्रसाद माविमा आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. २१ लाई ३३ रनले पराजित गर्दै वडा नम्बर २३ बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । त्यसका लागि हसिब सिद्धीकिले ३२,साहिद अन्सारिले २७ र अतिस शेखले २२ रनको पारी खेलेका थिए । २१ का बलर गौरभ जग शाही र सहिद रिजाले २ /२ बिकेट लिए ।


जवाफि व्याटिङगमा आएको वडा नं. २१ ले १५ ओभरमा ८ बिकेट गुमाएर १ सय १६ रन मात्र बनाउन सक्यो। उसका लागि बिक्रम बुढाथोकि ३३ र पुष्कर शर्माले १२ रन बनाउनु बाहेक अन्य ले राम्रो प्रदर्शन गर्न सकेनन् । २३ का अक्रम शेख,अनिश शेख, बलर नसि मुल्लाले समान २/२ बिकेट लिए ।खेलमा हसिब शेख म्यानअफ द म्याच घोषित भए ।


त्यस्तै दोस्रो खेलमा वडा न ३ बिजयी भयो । उसले वडा नम्बर १ लाई ६ बिकेटले पराजित गरेको हो । खेलमा पहिला व्याटिङ गरेको १ ले निर्धारित १५ ओभरमा ७ बिकेट गुमाउदै १ सय ३७ रन वनायो । उसका लागि राष्ट्रिय खेलाडी समेत रहेका सिद्धान्त राज शाहीले ४८ अमित पौडेलले ४१ र रोहन केसीले १५ रन बनाए ।

शाहीले २७ बलमा २ चौका र ४ छक्का प्रहार गरे । उनी रन आउट हुन पुगे । ३ का बलर मुजिब अन्सारीले २,रिजवान अन्सारी र दिल्साद अन्सारीले १ बिकेट लिए । जबाफी व्याटिङमा आएको ३ ले १४ ओभर २ बलमा लक्ष्य भेटायो । उसका लागि अब्दुला अन्सारीले ३९,सोयब हल्बाइले ३८ र मुजिब अन्सारी ३५ रन बनाए ।

१ का बलर रकिब रानाले २ तथा सुगम बिसि ले १ बिकेट लिए । प्रतियोगितामा मुजिब अन्सारी म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा मंगलबार पहिलो खेलमा ७ र ११ तथा दोस्रोमा १२ र १४ वडा बिच खेल हुने प्रतियोगिताका संयोजक तरुन बज्राचार्यले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द गु्रप अफ सिक्टिनले सो प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । अहिले सम्म ११ जनाले सो नगद पाएका छ्न । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले यसको व्यवस्था गरेको हो । त्यसै गरि खेल हेर्न आउने दर्शक मध्य प्रत्येक दिन१ जना लाई गोला प्रथाबाट फ्यान अफ द डे घोषणा गरि आकर्षक पुरस्कर दिइने छ । सो पुरस्कार पनि एक्सपर्टले नै प्रदान गरेको छ । सोमबार सो पुरस्कार नेपालगन्जका शाहले प्राप्त गरे ।