आजको राशिफल ।। साउन २७ गते शुक्रवार ।।

काठमाडौं,साउन,२७-आज विक्रम संवत २०७९ साल साउन महिनाको २७ गते शुक्रवार, (अगष्ट १२ तारिख) साउन शुक्ल पुर्णीमा तिथी !! आज जनै पुर्णिमा/रक्षा बन्धन/गाईजात्रा/क्वाति खाने दिन/अर्थात संस्कृत दिवस पनि रहेको छ ।

आज साउन २७ गते शुक्रवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन परिवारजनको साथले नयाँ आशा जगाउनेछ।शुभ समाचार सुन्न पाइएला।आस मारेको काम बन्नेछ,तर पेटको समस्या बढ्न सक्छ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ।वित्तिय संस्थाबाट सहयोग पाइनेछ।शुभ काममा मन जानेछ।घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन इनाम र प्रतिष्ठा कमाउने बेला छ।आँटेको र ताकेको कार्य पुरा होला।परिवारसँग समय बिताउने अवसर जुट्नेछ।शुभकार्यको चर्चा पनि चल्नेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन सामान चोरी हुने भय छ। टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।नयाँ कार्यको योजना बन्नेछ।बोलीको प्रभाव बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा नै हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ।मनमा उमङ्ग र उत्साह छाउनेछ।वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।भक्ति पनि बढ्नेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ।आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन सानातिना बाधा आइलागे पनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जानेछ।विद्या र बुद्धिको विकास हुनेछ।शुभकार्यको चर्चा चल्नेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन कुनै कुराले मनमा शान्ति छाउनेछ।चिताएको कामले तीव्रता लिनेछ।गरेको कार्यमा सफलता पाइनेछ।पुनर्मिलनको योग पनि रहेको छ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रगतिको योग छ।सरकारी निकायबाट सहयोग मिल्नेछ। शेयर बजारमा गरेको लगानी पनि राम्रो हुनेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ।आफन्तको प्रगतिले मन रमाउनेछ। सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन्।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला।आर्थिक कारोबारमा मन्दी आउनेछ।नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। 

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल