योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालगन्ज, माघ, २४
नेपाल सरकारले लागु गरेको योगदानमा अाधारित सामाजिक सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्य्यक्रम अाज बाँकेको नेपालगन्जमा सम्पन्न भएको छ ।सामाजिक सुरक्षा कोष र श्रम अञ्चल कार्यालय बाँकेको संयुक्त अायोजनामा अाज उक्त कार्यक्रम भएको थियोे ।

कार्यक्रमको अध्यक्षता श्रम अञ्चल कार्यालय बाँकेका प्रमुख हरि शरण चौलागाईं , प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका कि उप प्रमुख उमा थापा, बिशिस्ट अतिथिमा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, अतिथिहरुमा जेटियुसिसिका अध्यक्ष बिनोद श्रेष्ठ , नेपाल ट्रेड युनयन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफका) प्रदेश नं ५ का संयोजक दान बहादुर वली, नेपाल ट्रेड युनियन कांग्रेस

बाँकेका उपसभापति यादब बस्याल, अौद्योगिक क्षेत्र नेपालगन्जका कार्यालय प्रमुख कृण्ण बहादुर पुन, नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा- सुरेश कुमार कानोडिया, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव रतन टण्डन, लगायतका अतिथिहरु, विभिन्न ट्रेड युनियनका नेताहरु, रोजगारदाताहरु, मजदुरहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा रोजगारदाता कम्पनीहरु माघ १ गते देखि ३ महिना भित्र सामाजिक सुरक्षा कोषमा नाम दर्ता गरि सुचिकृत हुनुपर्ने र सुचिकृत भएको ३ महिना भित्रमा सम्पूर्ण कर्मचारीहरुको नाम दर्ता गराउनु पर्ने सामाजिक सुरक्षा कोषका कार्यकारी अधिकृत श्यामराज अधिकारीले बताउनु भएको थियो ।

उक्त कार्यक्रममा उपस्थित मजदुरहरु, ठूला रोजगारदाताका , र सामाजिक सुरक्षा कोषका प्रतिनिधि बिच अन्तरक्रिया कार्यक्रम प्रश्न उत्तर शैलीमा र प्रत्यक्ष रुपमा स्लाईटबाट पनि प्रस्तुति गरिएको थियो । उक्त कार्यक्रममा तीन अोटै ट्रेड युनियनका नेता तथा मजदुरहरुको उल्लेख्य सहभागी रहेको थियो ।उक्त कार्यक्रम सञ्चालन सामाजिक सुरक्षा कोष बबरमहलबाट अाउनु भएकी अनुपमा कार्कीले गर्नु भएको थियो ।