चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित

काठमाण्डाैं,चैत,१६-

आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले एक सूचना प्रकाशित जारी गर्दै परीक्षा स्थागित भएको जनाएको हो । परीक्षा कहिले हुन्छ भन्न भने खुलाइएको छैन ।

आजै स्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि प्रदर्शन र चक्काजाम गरेका थिए ।

परीक्षा स्थगीत भएसंगै विद्याथी संगठनहरुले आह्वान गरेको शैक्षिक हडताल लगायतका कार्यक्रम पनि फिर्ता गरेका छन् ।