नेपालगन्ज बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

ज्ञानु सङ्गम खड्का
/नेपालगन्ज , चैत्र,१६   नेपालगन्ज बहुमुखी क्याम्पसको आयोजनमा आज शुक्रबार क्याम्पसको प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

बिबिएस अध्ययनरत बिद्यार्थिहरु बिच गराइएको उक्त प्रतियोगितामा पाँच समूह बिच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा प्रतियोगी अन्य समुहलाई पछि पार्दै पोखराज भण्डारीको समूह प्रथम र दुर्गा अधिकारिको समूह द्वतीय भएको थियो।

क्याम्पसका मुख्य सञ्चालक ईश्वर प्रसाद पोखरेलले प्रतियोगितामा प्रथम र द्वतीय हुने समुहलाई पुरुस्कार बितरण गर्दै बधाई समेत दिनु भएको थियो। पढाइ सङ्गै अन्य अतिरिक्त कृयाकलापमा पनि बिद्यार्थिलाई क्षमतावान बनाउन उक्त कार्यक्रमको आयोजना गरेको क्याम्पस प्रमुख थानेश्वर पाण्डेले बताउनु भयो।

अब प्रत्येक शुक्रबार अतिरिक्त कृयाकलापलाई निरन्तरता दिने र आगामी दिनहरुमा थुप्रै कार्यक्रम को आयोजना गर्ने उक्त कार्यक्रमका सन्चालक तथा क्याम्पसका शिक्षक थमन के.सी.ले बताउनु भयो। साथै अब आउने शुक्रबार वृदाश्रमलाई सहयोग गर्ने कार्यक्रम रहेको समेत शिक्षक के.सि. ले जानकारी दिनुभयो ।