जापानमा शक्तिशाली ताईफुका कारण जनजीवन अस्तव्यस्त (विस्तृत विवरण आउन बाँकि)

राजधानीका विभिन्न भुभाग दुवानमा : सुरक्षीत रहन जापान सरकारको आग्रह

जापान,असोज,२५-

फोटो साभार : सामाजीक संजाल फेशबुकबाट

अपडेट…..

जापानको राजधानी टोकियो लगायत मुख्य भूभागमा असर पार्नेगरि अाज आएको शक्तिशाली ताईफु क्रोसाले यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ ।

जापानीज मौसम एजेन्सीका अनुसार अहिले आईरहेको ताईफुका कारण राजधानी टोकियो स्थीत चिबा, मीय केनको इसे शि डुबानमा परेको छ ।ताईफुका कारण धेरैजना व्यक्ती घाईते भएका छन् । यसको विस्तृत विवरण आउन बाँकि नै छ ।अहिले त्यहाँ बस्ने सबैलाई सुरक्षीत र सतर्क रहनको लागी आवह्वान गरिएको छ  ।

यसैगरी : अहिले तपाई बसिरहेको ठाँउमा ताईफुको कारणले कुनै बेला बिजुलीको लाईन फोन,नेट काटियो भने यो वाईफाईको आइडी नम्बर 00000JAPAN कनेक्ट गर्न सक्नुहुनेछ । 

यसैबिच : जापान सरकारले जापानमा रहेका बिदेशीहरुलाई ताईफु बाट सचेत र सुरक्षित रहन आग्रह गरेकोछ।साथै जापानमा प्राकृतिक प्रकोप भएको बेलामा के गर्ने के नगर्ने भन्ने बारेमा बिभिन्न भाषामा सम्पुर्ण जानकारी समेटिएको एप्ल्लिकेसन प्रयोग गर्न आग्रह गरेकोछ।उक्त एप्ल्लीकेशन नेपाली भाषामा पनि उपलब्ध रहेको छ।

(डाउनलोड गर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला )
Application : Safety Tips

iPhone users को लागी

https://apps.apple.com/jp/app/safety-tips/id858357174?l=en

Android users को लागी

https://play.google.com/store/apps/details?id=jp.co.rcsc.safetyTips.android&hl=ja

यस्तै : जापानको मौसम बिभागको आधिकारिक वईबसाईट मार्होफत केहि जानकारी लिन चाहानु हुन्छ भने तल दिएको लिंकमा क्लिक गरि हेर्न सक्नुहुनेछ यो आधीकारीक वईवसाईट हो ।यसबाट मौसम तथा प्राकृतिक प्रकोप जस्तै भुकम्प,ताईफु,सुनामी इत्यादी को बारेमा नेपाली भाषामा जानकारी लिन सक्नुहुनेछ । 

https://www.data.jma.go.jp/multi/?lang=np

१९५८ मा जापान मा ठुलो ताइफ़ु आउदा १२०० जना को ज्यान गएको थियो । त्यसपछि इतिहासमा नै ठुलो ताइफु अाज आएको हो।धेरै खतरा भएको हुँदा सुरक्षित भएर बस्न जापान सरकारले आग्रह गर्दै आईरहेको थियो ।ताईफुका कारण ट्रेन, सुपर मार्केट,हवाई क्षेत्र बन्द भएको छ । 

तस्विरहरु

तस्विर साभार : सामाजीक संजाल फेशबुकबाट