विश्वकप छनोट:आज राति ९:४५ बजे नेपाल र चाईनिज ताईपे भिड्ने

फाईल तस्विर !!

काठमाडौं,जेठ,२०-सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले बिहिबार आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेतमा हुने समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् ।कुवेतको राजधानी कुवेत सिटीमा नेपालले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्न लागेको हो।ताईपेविरुद्ध मैदान उत्रदा नेपाल स्पस्ट जितको खोजीमा हुनेछ ।खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ,भने जापानको समय अनुसार राति १ बजे सुरु हुनेछ । 

फिफा वरीयतामा चाइनिज ताइपेई नेपालभन्दा ३० स्थान माथि छ । फिफाले पछिल्लो पटक जारी गरेको वरीयतामा नेपाल १७१ औं स्थानमा छ । चाइनिज ताइपेई १४१ औं स्थानमा छ ।

यसैबिच:मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताईपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताउनुभयो।

‘छनोटको चौंथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्न चाहन्छौं ।त्यसैले खेल जित्न चाहन्छौ ।’ प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताईरीले भन्नुभयो, ‘धेरै मैत्रीपूर्ण खेल पाएनौं ।हामीसँग युवा टिम छ ।प्रतिभावान टिम र खेलाडी छन् । उनीहरुलाई हामीले जोड दिनुपर्छ ।’

अलमुताईरीले कुवेतको मौषममा खेल्न नेपाली खेलाडीलाई कठिन हुने बताउनुभयो ।’कुवेतको मौषममा खेल्न सहज छैन । दुबै टिमका लागि कठिन हुनेछ ।’ प्रशिक्षक अलमुताईरीले भन्नुभयो।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ ।

४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

चाईनिज ताईपेविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ ।नेपाल र ताइपे अहिलेसम्म दुई पटक भिडेका छन् ।पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २-० को बाजी मारेको थियो ।

ताइपेका प्रशिक्षक भोम का हुमले नेपालसँगको खेलमा मौषमको चुनौती सबैभन्दा बढी भएको बताउनुभयो ।’यहाँको मौषम अनुकुल हुन कठिन भईरहेको छ । र, हाम्रो लागि मुख्य चुनौती मौषम हो ।’ उहाँले भन्नुभयो।

प्रशिक्षक भोमले टिमको मुख्य खेलाडीहरु कोरोनाको कारणले टिममा सामेल नभएको तर नयाँ खेलाडीले आफुलाई प्रमाणित गर्ने समेत बताउनुभयो।

ताइपेपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।कोरोना महामारीकाको कारण नेपालले आफ्ना तीन होम खेल कुवेतमा खेल्न लागेको हो ।

त्यसैगरी : नेपालले खेल्ने तीनै खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।

नेपाल र ताईपेबीचको हेड टु हेड :

पहिलो भेट :

२०७६ साल जेठ २४ गते, नेपाल १–१ ताईपे (अभिषेक रिजाल)

दोस्रो भेट :

२०७६ साल भदौ २४ गते, नेपाल २–० ताइपे (अन्जन बिष्ट)

समूहमा नेपालको प्रदर्शन :

१, कुवेत ७–० नेपाल
२, ताईपे ०–२ नेपाल
३, अष्ट्रेलिया ५–० नेपाल
४, जोर्डन ३–० नेपाल
५, नेपाल ०–१ कुवेत

समूह चरणमा ताईपेको प्रदर्शन :

ताईपे १–२ जोर्डन
ताईपे ०–२ नेपाल
ताईपे १–७ अष्ट्रेलिया
कुवेत ९–० ताईपे
जोर्डन ५–० ताईपे