पिएसजीद्धारा ओसाका गाम्बाको पोष्टमा आधा दर्जन गोल

तिन मैत्रीपुर्ण खेलमा ११ गोल गर्दै पिएसजीको जापान भ्रमण सुखद अन्त्य

टोकियो,जापान,साउन,९-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ओसाका गाम्बालाई ६-२ गोलले पराजीत गरेको छ । 

जापान भ्रमणमा आएको पिएसजीले आज सोमबार जापानको ओसाका स्थित पानासोनिक रंगशालामा भएको प्रि-सिजनको खेलमा ओसाका गाम्बालाई आधा दर्जन गोल गर्दै हराएको हो । 

पिएसजीका लागि साराबियाले २८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।उनले शनिबार भएको खेलमा उरावा रेड डायमण्ड माथी पनि एक गोल गरेका थिए।

त्यसपछि ३२ औं मिनेटमा नेयमारले थप एक गोल गर्दै टिमलाई २-० को स्थितीमा पुर्याएका थिए ।निकै रोमान्चक भएको खेलमा ओसाका गाम्बाका लागि कुरोवाका ले ३४ औं मिनेटमा गोल गर्दै टिमलाई २-१ को स्थीतीमा पुर्याएका थिए । 

तर पिएसजीको आक्रमक रोकिएन र पिएसजीका लागि ३७ औं मिनेटमा मेन्डेसले थप एक गोल गर्दै टिमलाई ३-१ को स्थीतीमा पुर्याए लगातार गोल गरिररेको पिएसजीले दुई मिनेटको अन्तरमा ३९ औं मिनेटमा मेस्सीले गोल गर्दै ४-१ को फराकिलो अन्तरमा टिमलाई अगाडी बढाएका थिए । 

दोस्रो हाफको ६० औं मिनेटमा नेयमारले व्यक्तीगत दोस्रो गोल गर्दै टिमलाई ५-१ फराकिलो अन्तरमा पुर्याएका थिए । लगत्तै ओसाका गाम्बाका लागि यामामीले ७० औं मिनेटमा गोल गर्दै टिमलाई ५-२ सम्मको स्थीतीमा पुर्याएका थिए । तर लगातार आक्रमणमा उत्रीएको पिएसजीको लागि ८६ औ मिनेटमा एमबाप्पेले गोल गर्दै टिमलाई ६-२ गोल गर्दै जितेको थियो । 

यसैविच पिएसजीले पहिलो खेलमा खावासाकी माथी २-१ गोलको जित निकालेको थियो,भने उरावा रेड डायमण्डलाई ३-० गोलले हराएको थियो । यो संग पिएसजीले प्रि-सिजनको तिन मैत्रीपुर्ण खेलमा ११ गोल गर्दै ३ गोल ब्यहोर्दै जापान भ्रमणको सुखद अन्त्य गरेको छ ।