आज “भाईटिका ” लगाईदै ! टिकाको उत्तम साईत ११:५५ बजे

काठमाण्डौ,कार्तीक,२३-

यमपञ्चकको पाँचौ तथा अन्तिम दिन अाज “भाइटिका” लगाईदैछ ।आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजु भाई  लाई पुजा गर्ने गर्दछन् ।

साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टिका  लगाइदिने साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिस्ठान्न परिकार र सेलरोटी दिने प्रचलन रहेको छ ।

त्यस्तै आजको दिनमा दिदी बहिनीले दाजुभाई लाई पुजा गरिसकेपछी दाजुभाईले पनि दिदी बहिनीलाई टिकाका साथमा  आफ्नो गच्छ अनुसारको दक्षीण र उपहार दिने चलन रहिआएको छ ।

पञ्चाङ निर्णायक समितिका अनुसार आज  ११ : ५५ मिनेटको साइत भाइटिका लागि उत्तम हुने जनाएको छ ।साथै सो समय पश्चात दिनभरी भाइटिका लगाउन हुने सो समितिले जनाएको छ ।  

यस शुभ साईतमा सारा संसारभरी छरिएर बस्नु भएका आमा बुवा दाजुभाई तथा दिदिबहिनीहरुमा सु-स्वाश्थ्य एवंम समृद्धी तथा उत्तरोत्तर प्रगतीको कामना गर्दै बिहानी अनलाईन परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यत्त गर्दछौं । धन्यवाद । 

 सिईओ : दिपेन्द्र सारु मगर