जेसिजको कार्यक्रम भेरीगङ्गा नगरपालिकामा सम्पन्न

कार्तिक,बाँके,२२-
सुर्खेतको भेरीगंगा नगरपालिकामा जेसिजको कार्यक्रम सम्पन्न भएको छ। बिहिबार सम्पन्न उक्त कार्यक्रम कार्यालय उद्घाटन , शुभदिपावली ,छठ तथा नेपाल संवतको शुभकामना आदानप्रदान एवंम चियापान कार्यक्रमको अवसर पारी गरिएको थियो।नवराज रिजालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजका राष्टिय पूर्व अध्यक्ष गेहेन्द्र प्रशाद दाहाल रहनु भएको थियो ।

त्यस्तै कार्यक्रमको बिशिष्ठ अतिथिमा भेरीगङ्गा नगरपालिका प्रमुख भुपेन्द्र बहादुर चन्द, नेपाल जेसिजका उपाध्यक्ष तथा २०१८ का राष्टिय तालिम संयोजक जेसी अनिल बहादुर शाही रहनु भएको थियो ।

उक्त कार्यक्रममा भेरीगंगा नगरपालिका वडा न १ का वडा अध्यक्ष नबराज कार्की, वडा न १२ का वडा अध्यक्ष रमना दमाईको समेत उपस्थित रहेको थियो ।यो जानकारी रमेश शर्माले दिनु भएको हो ।