अख्तियारको टोलीद्वारा नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा छापा

नेपालगन्ज,फाल्गुन,२१-
अख्तियार दुरूपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले मंगलबार नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ।

सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार यातयात व्यवस्था कार्यालय नेपालगन्जमा छापा मारी कागजात नियन्त्रणमा लिइएको छ।

यातायात कार्यालयमा सवारी चालक अनुमति
पत्र लिँदा एकदम ठूलो चकखेल हुने भएकोले छापा मारेको प्रमुख गैरेले बताए। मंगलबार छापा मात्रै मारेको र बुधबार देखि अनुसन्धान सुरु गर्ने पनि उनले बताए।