मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, वैशाख ७-
सरकारले महोत्तरीको बर्दिवासमा धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले जग्गा र घरको मालपोतमा दर्ता गर्दा लाग्ने शूल्क मिनाहा गर्ने निर्णय गरेको हो ।बैठकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणका लागि स्वीकृती दिएको छ ।

बैठकले यूरोपियन यूनियनलाई जग्गा खरिदका लागि अनुमति दिने निर्णय पनि गरेको छ ।यस्तै नेपाली सेनाका प्रमुख सेनानी गौरवकुमार केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।वायुसेवा निगमको वाइड बढी खरिदका लागि जमानी बस्न पनि सरकार तयार भएको शहरी विकासमन्त्री अर्जुनरसिंह केसीले जानकारी दिनुभयो ।