बिहानी अनलाईन डटकम आजबाट तेस्रो वर्षमा प्रवेश

जापान,श्रावण,३०-

बिहानी अनलाईन डटकम || www.bihanionline.com

बिहानी अनलाईन डटकम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो ।

बिहानी अनलाईन तेस्रो वर्षमा प्रवेश गरे संगै देश विदेशमा रहेका पाठक वर्गले अनलाईनको सफलता प्रती शुभकामना दिदै आगामी दिनमा अझ व्यापक ढङ्गबाट सत्य तथ्य सहितको समाचार सम्प्रेषण गर्न सल्लाह सुझाव सहित सबै पाठक वर्गले सहि समयमा ताजा समाचार र अन्य विभिद् कुराहरु पढ्न पाउँ भन्दै शुभेच्छा पनि प्रकट गरेका छन् ।

वार्षिक उत्सवको अवसरमा बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरले अनलाईन प्रती शुभकामना दिनुहुने र अनलाईनको काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अनलाईनको लागि समाचार संम्प्रेषण गर्न अहोरात्र रुपमा खटिएका आफ्ना संवाददाताहरुलाई विशेष धन्यवाद दिनुभएको छ ।

उहाँले भन्नुभयो” हाम्रो तेस्रो वर्षको अन्तरालसम्म हामी संगै धेरै संवाददाताहरु जोडीनु भयो र धेरैलाई हामीले स्थान पनी दियौ ती साथीहरु आफ्ना विभिद् कारणले अहिले जो जो टिममा हुनुहुन्न उहाँहरुलाई पनी म सम्झन चाहान्छु, उहाँहरुले बिहानीमा रहि गरेको काम एकदमै सर्हानीय छ । स्मरण रहोस् हामी फेरी एकै ठाँउमा रहेर काम गर्नेछौं । अहिले हाम्रो सबै संचालक समिती विदेशी भुमी जापानमा रहेकोले स्वदेशमा भव्य रुपमा तेस्रो वार्षिक उत्सव मनाउने योजना हुँदा हुदै पनी मनाउन सकेनौं र विदेशी भुमीमा रहेर सामान्य तरिकाले तेस्रो वार्षिक उत्सव मनाएको बताउनुभयो ।

बिहानी अनलाईन डटकमका सिईओ : दिपेन्द्र सारु मगर

उहाँले भन्नुभयो जुन पछिल्लो समय तिव्र गतीमा हामी अगाडी बढीरहेका थियौं र बिचमा हाम्रो अनलाईन ह्याक हुन पुग्यो, जसअन्तर्गत हाम्रो अनलाईनबाट समाचार सम्प्रेषण नहुँदा पाठक वर्गमा पर्न गएको असुविधा प्रती हामी क्षमा चाहान्छौं । आगामी दिनमा हाम्रो कमी कमजोरीलाई थप औंल्याउदै हामीलाई दिएको प्राप्त सल्लाह सुझावको आधारमा भएका त्रुटीलाई सच्याउदै अझै पाठक वर्गको सामिप्यमा रहेर वर्षौं सम्म काम गर्ने बताउनुभयो ।

साथै उहाँले तेस्रो बार्षिक उत्सव संगै आज पर्न गएको जनैपुर्णिमा अर्थात रक्षाबन्दनको अवसरमा सम्पुर्ण देश विदेशमा रहेका दिदिबहिनी तथा दाजुभाईहरुको दिर्घायू एवंम सफलताको कामना गर्दै जनपुर्णिमाको शुभकामना समेत दिनुभयो ।