घोराहीमा निमार्ण हुन लागेको सभागृह निर्माणले गति लिदै

१८ देखि २० महिना भित्र निर्माण गरेर हस्तान्तरण हुने

नरेश खड्का/

दाङ, कार्तिक,७-

दाङको घोराहीमा सभागृह निर्माणले गति लिएको छ । अबको २० महिना भित्र निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले सभागृहको काम सुरु गरेको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको पहलमा सुरु भएको सभागृह बंगलामुखी गौरी पार्वती निर्माण कम्पनीले अबको १८ देखि २० महिना भित्रमा सम्पुर्ण निर्माण सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।

निर्माण कम्पनीका प्रबन्ध निर्देशक रामकुमार थापाले १८ देखि २० महिना भित्रमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउनुभयो ।

२६ करोडको लागतमा सुरु भएको सभागृह निर्माणका लागि उद्योग बाणिज्य संघले २०६९ सालबाट विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो ।

सभागृह निर्माणका लागि भन्दै उद्योग बाणिज्य संघले दुई पटक महोत्सब सञ्चालन गरेर घोराही पुरानो बसपार्कमा रहेको खाली जग्गालाई तारबार गरी समेत गरेको थियो ।

उद्योग बाणिज्य संघले सभागृह निर्माण स्थलमा कार्यक्रम गरेर सभागृह निर्माणको बारेमा जानकारी समेत गराएको छ ।