नेपाल र ओमनबीच संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं, असोज १२-

नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मस्टकस्थित ग्राण्ड ह्यात होटलमा गरिएको कार्यक्रममा नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले हस्ताक्षर गरे ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सूर, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र ओमनका उच्च अधिकारीको उपस्थितिमा भएको सम्झौताबाट दुबै देशबीचको सम्बन्ध थप उचाइमा पु‍¥याउन कोशेढुंगा सावित हुने बताइएको छ ।

दुबै मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औं वर्ष पुगेको अवसरमा भएको सम्झौताबाट दुबै मुलुकबीच सहयोग र सम्भावनाका क्षेत्र पहिचान गर्न राम्रो सुरुवात हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स युएइको अबुधाबी हुँदै ओमन पुगेको हो ।ईमेजबाट