त्री-देशीय फुटबल : आज नेपालले किर्गिस्तान संग भिड्ने

फाईल तस्विर साभार : नेपाल स्पोर्टसबाट

काठमाण्डौं,चैत्र,१२-अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको त्री-देशीय फुटबल प्रतियोगिताको दोस्रो खेल नेपाल र किर्गिस्तान बिच प्रतिस्प्रर्धा गर्दैछन्।आज दशरथ रंगशालामा हुने उक्त खेल साझको ५:३० बजे देखि सुरू हुनेछ।

नेपालका लागि कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् भने किर्गिस्ताका लागि टोकोताईभ ईर्झानको कप्तानी रहेको छ।

नेपालले हाल सम्म किर्गिस्तानसँग दुई पटक खेलिसकेका छन्। २० मार्च २००३ मा एफसी एसियन कप र २८ मार्च २००९ मा अन्तराष्ट्रिय मैत्रीपूर्ण मा खेलेका थिए। जसमा एक हार र एक बराबरीको नतिजा बेहोरेको थियो।

तर यस पटक किर्गिस्तानले आफ्नो युवा टोलीलाई यस त्रीदेशीय कपमा खेल्न पठाएका छन्। किर्गिस्तानले आफ्नो युवा टोलीलाई बलियो पार्नका लागि नेपाल र बगंलादेशका राष्ट्रिय टोली संग खेल्न पठाएका छन्।

यहि मार्च २३ तारिकबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिडेका थिए। त्यस खेलमा बंगलादेशले १-० गोलले पराजित गरेको थियो।किर्गिस्तानका डिफेन्डरलको आत्माघाती गोलमा बंगलादेशले जित हात पारेको थियो।नेपालस्पोर्टबाट