
बुडर डोटी,असोज,२८-प्रदेश नं.७ सुदुरपश्चिममा पहिलो पटक नियमीत रुपमा प्याराग्लाइडिङ सञ्चालन गरिएको छ ।
छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र बैतडी अमेजिङ्ग एडभेन्चर प्रा.लि को संयुक्त सहकार्यमा डोटी जिल्लाको जोरायल गाॅंउपालिका २ छत्तिवन को रुपसकाॅंडा गाॅंउ स्थित भगत डाॅंडाको भ्यु पैन्ट देखि छतिवन ताल, बुडर बजार र बिछलमा अवतरण हुने गरि असोज २६ गते सोमबारबाट प्याराग्लाइडिङ नियमित रुपमा संचालन गरिएको हो ।
समग्रह सुदुरपश्चिम प्रदेश र जोरायल गाॅंउपालिका अन्तर्गत रहेको छहरा झर्ना, छत्तिवन ताल क्षेत्रलाई व्यापक रुपमा प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यका साथ नियमीत प्याराग्लाइडिङको सुचारु गरिएको छ ।
विगत चार पाॅंच वर्ष पहिले देखि नै छतिवन पर्यटन पर्बधन संरक्षण समितिका अध्यक्ष भरत कुॅंवर र सचिब रुद्र ऐरले अफ्नो व्यक्तीगत लगानि लगाई पहिलो पटक पहलको सुरुवात गर्नु भएको थियो । नियमित पहलले नै प्याराग्लाइडिङ संचालन गर्न सफल भएको समितिका सचिव रुद्र ऐरले बिहानी अनलाईन डटकमलाई जानकाकी दिनुभयो ।
उहाॅंका अनुसार समग्रह सुदुरपश्चिम र त्यस क्षेत्रका विभिन्न धार्मीक स्थल र अन्य रमणिय पर्यटन स्थलको प्रचार प्रसार गर्नको लागि यसको सुरुवात गरेको बताउनुभयो ।
उहाॅंका अनुसार प्याराग्लाइडिङ सुचारुको सुरुको दिन २ जनाले उडान गरेता पनि अहिले भने दैनिक १० जनाले उडान गरिरहेको जानकारी दिनुभयो ।एक पटक प्याराग्लाइडिङ उडानको लागि ३ हजार ९ सय रुपैंया शुल्कको निर्धारण गरेको छ ।साथै थप २ सय पनी लाग्ने समितीले जनाएको छ । यो रकम उडान भर्ने ठाॅंउ लैजाने र अवतरण स्थलबाट ल्याउनका लागि लाग्ने शुल्क रहेको समितीले जनाएको छ ।
वि.सं २०७६ साल पौष महिनाको २५ गते पहिलो पटक मुख्य मन्त्रीका स्वकिय सचिब शिव वलिबाट छतिवन ताल नजिकै प्याराग्लाइडिङको सफल परीक्षण गरिएता पनि आर्थीक समस्या र पाईलटको अभावका कारण केहि महिना बन्द भएको थियो ।
प्याराग्लाइडिङ सफल भएकाले यो पेशाबाट वार्षिक आन्तरिक र बाह्यगरी पाॅंच हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।समुद्री सतहदेखि झण्डै ३५०० मिटरको उचाइमा रहेको प्याराग्लाइडिङ उडानबाट पर्यटकले मनोरम दृश्यको अवलोकन गर्न पाउने छन् ।
प्याराग्लाइडिङ सुचारु पछि स्थानीयमा देखिएको खुशी !
कुनै बेला यस्तो समय थियो, प्याराग्लाइडिङमा उडान गर्दै मनोरन्जन लिनका लागी सुदुरपश्मीलीबासीले पोखरा धाउनै पर्दथ्यो । अब भने पोखरा जानै नपर्ने भएपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन् ।उनीहरुले आफ्नै गाॅंउ ठाॅंउको मनोरम दृश्य नियाल्नका लागि अब टाढा जानै नपर्ने भएको छ ।गाॅंउमै यसरी प्याराग्लाइडिङको नियमीत संचालन भएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दाले मनोरन्जनका साथै आर्थीक लाभ लिन सकिने भएकोमा निकै खुशी देखिएका छन् ।
के भन्छन् स्थानीय स्तरका जनप्रतिनिधीहरु !!
जब गाॅंउमा केहि सामाजीक कार्यमा संलग्नता युवाहरुको पहलमा प्याराग्लाइडिङको नियमित सुचारु भयो तब त्यहाॅंका स्थानीय जनप्रतिनीधीहरुको आस्वासन दिनप्रतिदिन आउने गरेको छ । यस प्याराग्लाइडिङको नियमित संचालनका निमित्त उनिहरुले बजेट बिनियाेजन गर्छाैं त भनिरहेका छन् । तर चासो भने त्यति देखाएका छैनन् । आश्वासनले भने भरिपुर्ण पारिरहेका छन् ।
अब लागौं जोरायल गाॅंउपालीका तर्फ: हामीलाई छतिवन पर्यटन पर्बधन संरक्षण समितिका अध्यक्ष भरत कुॅंवरले जानकारी दिए अनुसार यस पर्यटन क्षेत्रमा विकासका लागि गाॅंउपालीका लाई पटक पटक पहल गर्दा पनि कुनै चासो नदेखाएको प्रती उहाॅंले गुनासो व्यक्त गर्नुभयो ।
अध्यक्ष कुॅंवरले प्याराग्लाइडिङको जब सुचारु हुॅंदै थियो गाॅंउपालीकालाई कार्यक्रममा आउन पत्रचार गर्दा पनि उपस्थित नहुने गरेको बताउनुभयो । उहाॅंका अनुसार कुनै पनि क्षेत्रको विकासका निम्ती स्वयम गाॅंउपालीकाका प्रतिनीधी नै विकासको काममा टगारो बन्ने, विकास बिरोधी जस्ता देखिने र हरेक विकासका काममा कमिशनको चलखेलमा अग्रसर र भ्रष्टचारीमा लिप्त हुने गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष कुॅंवरलाई हामीले सोधेको अर्को प्रश्नमा “के गाॅंउपालीकाले प्याराग्लाइडिङ माध्यमबाट त्यस क्षेत्रको विकासका लागि बजेट छुट्याउला त भन्ने प्रश्नमा”उहाॅंले कमिशनर भ्रष्टचारीमा लिप्त भएका बाट बजेट र विकासको कुनै आश गर्न नसकिने बताउनुभयो ।तर यस क्षेत्र र समग्रह सुदुरपश्चिमको विकासका निम्ती आफुॅंहरु भने सधैं संघर्ष गरिरहने बताउनुभयो ।
(प्याराग्लाइडिङको क्रममा कैद गरिएको केहि तस्विरहरु !!)


