कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं, कार्तिक ,१४-

नेपाली कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसले आज आफ्नो ८४ पृष्ठको निर्वाचन घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गर्ने भएको हो ।

संसद्बाट निर्वाचित कार्यकारी प्रमुखको एजेन्डासहित आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणापत्र तयार पारिएको छ । घोषणापत्रमार्फत कांग्रेसले प्रत्यक्ष कार्यकारी प्रमुखले मुलुकमा अस्थिरता र निरंकुशता ल्याउने भन्दै वाम गठबन्धनले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारीले मुलुकलाई साम्यवादतर्फ लैजाने बताएको छ ।

चुनावी घोषणापत्र तयार भइसकेको भन्दै कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले आज सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पदाधिकारी सहभागिमा एक समारोहकाबीच घोषणापत्र सार्वजनिक गरिने भएको हो ।

यसैबीच : कांग्रेसले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम टुंगो भोलिसम्ममा लगाउने भएको छ ।

कांग्रेसले उम्मेदवार पुग्न असहज भएका पहाडी जिल्लाका हकमा आज सबै उम्मेदवारको टुंगो लगाएर पठाउने तयारी गरेमको छ । तराइ र काठमाडौं उपत्यकाका हकमा भो भोलिसम्म सबै उम्मेदवारको टुंगो लगाइसक्ने तयारी गरेको छ ।