ब्रेकिङ न्यूज : भेरी नदिमा बस खस्दा ३ जनाको मृत्यु

काठमाण्डौं,फाल्गुन,२-

जाजरकोटको रिम्ना भन्ने स्थानबाट भेरी नदीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ ।नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस भेरी नगरपालिका १ रिम्नामा सडकबाट भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

कार्यालयका प्रहरी नायब निरीक्षक रामबहादुर सिंहका अनुसार अहिलेसम्म ३ जनाको शव भेटिएको छ भने ५ जनाको उद्दार भएको छ  ।दुर्घटनाको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रिम्नाको टोली उद्दारमा खटिएको छ ।

प्रहरी निरीक्षक केशरबहादुर कार्की नेतृत्वमा २५ जनाको प्रहरी टोली उद्दारमा गएको छ ।अहिले सो क्षेत्रमा पानी परिरहेकाले उद्दारमा समस्या भएको छ । साभार अनलाईन खबरबाट