भ्रष्टाचार आरोपी चूडामणि शर्मालाई अदालत लगियो

आफूलाई पक्राउ गरेर संसदकै अपमान गरेको दाबी

काठमाडौं,जेठ,२१-

भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोशाकका सुरक्षाकर्मी समेतको उच्च सुरक्षा घेरामा शर्मालाई आज म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको हो।

अदालत परिसरमा सुरक्षा घेरा भित्रैबाट विभागका महानिर्देशक शर्माले आफूले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्थाअनुसार विधिसम्मत काम गरेको दाबी गर्नुभयो ।

आफूमाथि लागेको आरोप कर फर्छ्यौट आयोगको विधि निर्माण गर्ने संसद र सरकारको अपमान भएको उहँको प्रतिक्रिया थियो।