संसद बैठक मंगलबारसम्मका लागी स्थगित

प्रधानमन्त्री निर्वाचनको कार्यतालिका नै प्रभावित

काठमाडौं,जेठ,२१-

व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

संसद अबरुद्ध खुलाउन दलहरूबीच अनौपचारिक छलफल भएको थियो ।अन्तत सहमति हुन नसकेपछि व्यवस्थापिका संसद सचिवालयले सुचना टांसेर प्रधानमन्त्रीको निर्वाचन मंगलबार ११ बजे सम्मका लागि सारेको जनाएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद संचालनमा सहमत नदेखिएपछि सचिवालयले बैठकको मिति सारेको हो ।संसदको बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका रहेको थियो ।