साउनमा मात्र ५७ हजार मेट्रिक टन ग्यास आयात, बजारमा अभाव भने कायमै

काठमाडौं,भदौ,४-गत साउन महिनामा सबै भन्दा बढी ग्यास आयात भएको छ ।

नेपाल आयल निगमले साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको जनाएको हो।निगमले पछिल्लो पाँच महिनामध्ये साउनमा सबै भन्दा बढी ५७ हजार ३ सय १६ मेट्रिक टन ग्यास आयात भएको छ ।

गत असारमा ४४ हजार ५ सय ४४, जेठमा ३२ हजार ८ सय ४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७ सय ९९ मेट्रिक टन ग्यास आयात भएको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिनुभयो।

साउनमा मात्रै देशैभर ४० लाख ३६ हजार ३ सय ६४ थान सिलिण्डर बिक्री वितरण भएको निगमले जनाएको छ ।

गत असार महिनाका तुलनामा गत साउनमा करिब ९ लाख सिलिण्डर ग्यास बढी बिक्री भएको हो।